14.6 C
Birgunj
Homeसमाचारस्थानियचिनियाँ लेखकको चेतावनी नेपाल सिद्दिने भयो

चिनियाँ लेखकको चेतावनी नेपाल सिद्दिने भयो

काठमाडौं । एक जना चिनियाँ लेखकले नेपाल नसुध्रिए समाप्त हुने चेतावनी दिएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाका प्रधान सम्पादक झाओ सेन्जपिङले नेपाल कि चेञ्ज हुनुपर्ने कि समाप्त हुने चेतावनी दिएका हुन् । सिन्हुवाले चीन सरकारको धारणा बोल्ने गर्छ । त्यसका सम्पादकले किताब लेखेर सार्वभौम नेपाललाई धम्की दिएका हुन् ।

नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता रोक्न चिनियाँ प्रयास भइरहेका बेला चिनियाँ लेखकले चीनले भनेको नमाने नेपाल सिद्धिने धम्की दिएका हुन् । यसअघि चिनियाँ राजदूतावासले विज्ञप्ति निकालेर काठमाडौं पोस्टका तत्कालीन सम्पादक अनुप काफ्लेलाई खुलेयाम धम्की दिएको थियो ।

पछिल्लो समय नेपालमा अघोषित नाकाबन्दी गर्ने, आउन लागेको विद्युत र सडक निर्माणको एमसीसी परियोजना रोक्ने र बीआरआईमा संलग्न गराएर नेपाललाई चर्को ऋणमा डुबाई आफ्नो मुठ्ठीभर कब्जामा राख्ने चिनियाँ दाउ रहेको छ । यसअघि चीनले नेपालमा आफ्नो पकड राख्न एकीकृत कम्युनिस्ट पार्टी बनाएर शासन सत्ता आफू अनुकुल राख्न प्रयास गरेको थियो ।

त्यो सफल नभएपछि अहिले चौतर्फी घेराबन्दीको रणनीति लिएको छ । यसैबेला किताब निकालेर चिनियाँ सत्तानिकट लेखकले चिनियाँ पत्रकारको आँखामा नेपाल मेन्ड एड इण्ड भन्दै धम्की दिएका हुन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here