30.8 C
Birgunj
Homeसमाचारस्थानियकेपी ओलीको शरणमा प्रचण्ड

केपी ओलीको शरणमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका छन् ।

अमेरिकासँग एमसीसी पारित गर्ने भनेर मागेको ६ महिना घर्किँदै लाग्दा पनि कुनै पहल नगरेपछि प्रचण्डलाई अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले टेलिफोन गरेर चिनियाँ दबाबमा एमसीसी रोके ठिक नहुने भन्दै चेतावनी दिएका थिए ।

अमेरिकी मन्त्रीको चेतावनीपछि प्रचण्ड एमालेको शरणमा पुगेका हुन् । संसदमा सभामुखको राजीनामा मागेर अवरोध गरिरहेको एमालेले एमसीसीमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । प्रचण्डले आफ्नो पार्टीले नमान्ने भएकाले कांग्रेस र एमाले मिलेर एमसीसी पारित गरुन भन्ने चाहेका छन् । त्यसमा आफूले अप्रत्यक्ष सहयोग गर्ने प्रचण्डको रणनीति छ ।

त्यसैअन्तर्गत प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेर सहयोग मागेका हुन् । प्रचण्डले एमसीसीको विषयमा निर्णय गर्न अनुरोध गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ दाहालले भने ।

जवाफमा ओलीले पहिला सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । ‘प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा (एमाले) त निर्णय गरिहाल्छ,’ उनले भने ।

कांग्रेस एमसीसी पारित गर्न एक ढिक्का छ । एमाले पनि सभामुख हटाए पारित गर्न सघाउने पक्षमा छ । तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा छैनन् ।

एमसीसीमा ढिलाई हुँदा अमेरिकी विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका थिए । एमसीसीमा ढिलाई भए नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने र अनुदान सहायता परियोजना फिर्ता भए चिनियाँ हस्तक्षेपमा भएको बुझ्ने चेतावनी दिएका थिए ।

फागुन १६ भित्र पारित गरिसक्ने समयसीमा देउवा र प्रचण्डले एमसीसी मुख्यालयमा पत्र लेखेर तोकेका थिए । नेपाल पाना

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here