वीरगंज ०३ पुष ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा नरेश महतो, अरुण पटेल, महम्मद समिर अंसारी, सुनिल यादव, जयप्रकाश यादव र शिवशंकर ठाकुर सर्वसहमत रुपमा चयन भएका छन् ।
अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा. नम्रता सिंहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै आ–आफ्नो क्षेत्रमा ईमान्दारी पूर्वक काम गर्न सुझाव दिनु भएको थियो । अहिले पनि गाउँ घरमा भेटेरिनरी चिकित्सकहरुको अभाव रहेकोले पशु कृषकहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
बैजुलाल गुप्ताको अध्यक्षतामा भएको उदघाटन शत्रमा पशु क्वारेन्टाईन कार्यालय वीरगंजका प्रमुख डा. हरेराम यादव, त्यसैगरी डा. पुस्पेन्दर साह, डा. दिनेश कुमार तिवारी लगायतको सहभागीता रहेको थियो ।