बिनोद पटेल
बिरगंज ३० भदौ
जिल्ला पर्सा बिरगंज महनगरपालिका वार्ड न. १५ भेडीयाहि निवासी २५ बषिय ज्ञानेन्द्र कुमार सराफ भदौ १४ गते राती २ बजे राजघटा स्याउली चौक सिमरा बारा यर पोर्ट को पछाडी दुर्घटना मा परेका थिए । उनलाई सिमरा स्थित अल्पाई हस्पिटल मा ईलाजको लागि लगियो तर त्याहा उनको उपचार सम्भव नभए पछी सराफ लाई त्याहा बाट रेफर गराई उनका आफन्तहरुले बिरगंज ईस्थीत एल. एस न्युरो एन्ड जेनेरल होस्पिटल मा बिहानको ५ बजे लगेर भर्ना गरे उनको टाउको मा गम्भीर चोट लागेको थियो ।
उनलाई होस्पिटल मा ल्याउदा बेहोसी अवस्था मा थिए अँखा को नानी मा कुनै पनि रिएक्सन नभएको र उनी सिरियस अवस्था मा थिए । उनलाई भेन्डिलेटर मा राखेर फेसियल सर्जरी गरि २ दिन भेन्डिलेटरमा राखीएको थियोे ।
वरिष्ठ न्युरो एन्ड स्पाईन सर्जन डाक्टर श्याम बाबु प्रसाद को टोलिले घाइते सराफ को उपचार गरेको थियोे ।
अहिले औषधि ले उनको टाउको मा जमेको रागत पहिला देखि कम भइरहेको र उनलाई आज १४ दिन सम्म आईसीयु मा राखेर उनको ईलाज भइरहेको र उनलाई बिस्तारै बिस्तारै शुधार भैइरहेको वरिष्ठ न्युरो एन्ड स्पाईन सर्जन डाक्टर श्याम बाबू प्रसाद ले बताए ।
यसै बिच आज बिहान प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहम्मद लालबाबु राउत गदी ले घाइते सराफको स्थिती बुझन बिरगंज -८, पनिटन्की स्थित रहेको एल. एस न्युरो एन्ड जेनेरल होस्पिटलमा पुगेर उनको स्थिती बुझेका छन ।
डाक्टर प्रसाद का अनुसार सराफ को आज १६ दिन हस्पिटल बसेको भयो २ दिन भेन्डिलेटरमा र१४ दिन आईसीयुमा उनको स्थिती पहिला देखि धेरै सुधार छ अहिले उनी अलि अलि बोलिराखेका छन र मान्छे चिनीराखेका छन उनको स्थिती यस्तै रहयो भने उनलाई हामी चाडैंनै डिस्चार्ज गरेर घर पठाउने छौ डाक्टर प्रसाद बताए ।