वीरगंज २८ भदौ
महिला जनमत संघद्वारा सञ्चारकर्मीलाई सम्मान गरेको छ । वीरगंजमा सोमवार होटेल रोयल पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि महिला जनमत संघले वीरगंजका सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि महिला जनमत संघको केन्द्रिय उपाध्याक्ष अनिता रौनियारले मधेशको मुद्धा सम्बोधन गराउन दबाव सृजना गर्ने बताएकी छिन ।
दलित तथा मध्यम वर्गको महिलाहरुलाई स्वरोजगार बनाउनुको साथै बृद्ध महिलाहरुको भत्ता कार्यन्व्यन गराउन सँघ सशक्त भएर लाग्ने प्रतिवद्धता गरेका छन् ।
वीरगंजमा रहेको क्रियाशील एवम् श्रमजीवी पत्रकार रेडियो बीरगंजको अध्यक्ष ध्रुव साह, नेपाल पत्रकार महासंघ को उपाध्यक्ष युवराज खड्का, न्युज आज तक दैनिक को सह–सम्पाद जगत राई, भोजपुरी टाइम्स दैनिकको प्रकाशक अजय कुमार चौरसिया, कार्यकारी सम्पादक श्रवण साह, भवानी मिडिया हाउस प्रा.लि.को संचालक मानिकचन साह, नेहाल खान, लगायत कोे प्रमुख अतिथि रौनियार, जिल्ला अध्यक्ष चन्दन चौहान, समाज कल्याण विभाग पर्सा प्रमुख सन्तोष साह सोनार, महिला उपाध्यक्ष सब्बो खातुन लगायत को मायाको चिनो सहित टिका माला लगाई सम्मान गरेका थिए ।
महिला जनमत संघ पर्सा को संयोजक राधिका यादव कोे अध्यक्षतामा भएको कार्यक्रममा सास्कृतिक संघ को राष्ट्रिय अध्यक्ष आर. के. राउत, जिल्ला अध्यक्ष विजय यादव, जनता संघ को उपाध्यक्ष नितु पटेल, महिला नेतृ नजमा खातुन, बारा अध्यक्ष हरि प्रसाद पटेल, उपाध्यक्ष विबेक यादव लगायतले आ–आफ्नो विचार राखेका थिए ।
कार्जक्रम कोे सहजिकरण राजेश चौरसियाले गरेका थिए ।