25.1 C
Birgunj
Homeसमाचारस्थानियसि. एम. ऐ. संघ को स्थापना दिवसको अवसरमा रक्तदान...

सि. एम. ऐ. संघ को स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

वीरगञ्ज भदौ २५ शुक्रबार
नेपाल सी.एम.ए. संघ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको छ ।
संघको १८ औं स्थापना दिवसको अवसर पारेर वीरञ्जको घण्टाघरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको हो ।
रक्त संचार केन्द्र वीरगञ्जमा रगत अभाव रहेको र रगत नहुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफुहरुले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष जोगिन्द्र प्रसाद चौरसियाले बताए ।
कार्यक्रममा ब्लड बैंक वीरगञ्जले प्राविधिक सहयोग गरेको थियो ।
संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामदयाल महतो, कार्यक्रम संयोजक मनोज पटेल, ब्लड बैंक वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here