17.1 C
Birgunj
Homeसमाचारप्रदेशजनमत पार्टीको महिला जनमत संघ वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीमा ...

जनमत पार्टीको महिला जनमत संघ वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीमा गठन

पर्सा, ०५ भदौ

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नीमा आज जनमत पार्टीको महिला मञ्चको केन्द्रिय उपाध्यक्ष अनिता रौनियारको संयोजकत्वमा गठन गरियो ।

उक्त महिला जनमत संघ गठनमा अध्यक्ष सरिता देवी, उपाध्यक्ष अनिता देवी, सचिव सोभा देवी, कोषाध्यक्ष रुखमनि देवी, सदस्य लालपरी देवी, सुनीता देवी, मुनी देवी, सियामती दास, तेतर देवी, रिता देवी, धुरपति देवी लगायत ११ जना रहेको थियो ।

उक्त कार्यक्रममा पार्टीलाई अगाडि बढाउनको लागि पर्सा जिल्लाको हरेक पालिकाको हरेक वडामा गठन प्रक्रिया अगाडि बढेकोमा नगरपालिका देखि गाउँपालिका सम्मका वडाहरुमा सम्पर्क समिति र वडा कमिटि गठन गर्दै जाने पार्टीको दिशानिर्देश बमोजिम आज हामी यस वडामा सो समिति गठन गरेको र अगामी दिनमा पालिकाहरुमा दिन प्रति दिन बढी रहेको अनिमियता, भ्रष्टचार, हिंसात्मक घटनाहरु विरुद्ध भण्डाफोर जस्ता कार्यक्रम गर्ने भनी पूर्व जिल्ला इन्चार्ज सन्तोष साहले आफ्नो मन्तव्य दिएका थिए ।

उक्त भेलामा पार्टी पर्साका पूर्व जिल्ला इन्चार्ज सन्तोष साह, जिल्ला सचिव बिनय यादव, जिल्ला सह-सचिव बिजय यादव, राजेश चौरसिया, जिल्ला उपाध्यक्ष सब्बो खातुन, जिल्ला महिला अध्यक्ष राधिका यादव, जिल्ला विधार्थी संयोजक राजु राज गिरी लगायतको  सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here