बिरगंज , साउन १६ गते शनिबार ।
आफ्नै गृह जिल्ला पर्साको बिरगंजमा नेपाल प्रेस युनियन पर्साद्वारा प्रदेश -२ का उर्जा तथा खानेपानी विकास मन्त्री ओम प्रकाश शर्माको एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी प्रदेस-२ का उर्जा तथा खानेपानी विकास मन्त्री माननीय ओम प्रकाश शर्मा ,बिशिस्ट अतिथि बिरगंज उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष सुबोध गुप्ता, प्रजातान्त्रिक प्राध्यापक संघ ठाकुरराम क्याम्पसका उपाध्यक्ष कन्हैया झा ,अतिथिहरु नेपाल तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह , नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश सद्स्य सन्तोश मिश्र लगायत नेपाल प्रेस युनियन पर्साका पदाधिकारी सदस्य एवम पर्सेली पत्रकारहरुको उपस्तिथि रहेको थियो । सो सम्मान कार्यक्रममा अध्यक्ष कुर्मिले माननीय मन्त्री ओम प्रकाश शर्मा ज्युलाइ गमछा ओढाउनुका साथै सम्मानपत्र दिएर सम्मानित गरेका छन ।
सो अवसरमा प्रमुख अतिथी माननीय मन्त्री ओम प्रकाश शर्माले आफुले जहिले पनि बिरगंज लगायत सम्पुर्ण देशलाइ नै मानेको माया गरेकोले सम्पुर्ण देशवासिकै हित हुने कार्य गर्नेमा प्रतिबद्ध रहेको र अहिलेको प्रदेश सरकारमा थोरै समय एवम सन्साधनको बावजुद केही गरि छाडने प्रतिबद्धता जाहेर गर्नु भयो । आफू बिरगंज उधोग बाणिज्य संघ बिरगंजको अध्यक्ष हुदा देखि नै आर्थिक नगरी बिरगंज र आसपासको बिकासको लागि देश मै मात्र नभै बिगतमा भारतका राज्य एवम केन्द्रीय मन्त्रीहरु सङ्ग सिमावर्ती बाटो घाटो यातायातको लागि घच्घच्याइ रहेको र उप्रान्त पनि बिरगंज प्रदेश-२ का जनता , उधोगि , पत्रकार लगायतको लागि आवस्यक कार्यको थालनी गरिसकेको र केही समयमा त्यो देखा पर्ने बताउनु भयो । मलाइ शुरुवात देखि नै प्रेसले निकै माया साथ दिएको हुनाले निकट भबिस्यमा प्रेस , एफ एम एवम टिवि स्टेशन चलाउन लाग्ने उर्जा को बैकल्पिक ब्यवस्थापन गर्ने अवधारणा कार्यान्वयनमा ल्याउने प्रयास को थालनी गरिसकेको र छिटो त्यसले मुर्त रुप लिइ सन्चारक्षेत्र लाई सघाउने छ । सम्पुर्ण जनता, प्रेस एवम नेपाली काङ्ग्रेस पार्टिको साथ मायाले नै आफू यहाँ सम्म आइपुगेको र आगामी दिनमा पनि साथ र मायाको अपेक्षा गर्दै आफुलाइ आफ्नै गृह जिल्लामा सम्मानित गर्नु भएकोमा प्रेस युनियन पर्सा परिवारलाई धन्यवाद पनि व्यक्त गर्नु भयो ।
सो अवसरमा अध्यक्ष कुर्मिले माननीय मन्त्री शर्मा ज्युले बिगतमा गर्दै आउनु भएको प्रसंशनिय एवम जनउपयोगी कार्यहरुले गर्दा नै आज उहाँ मन्त्री बन्न सफल हुनु भएको र यसमा बिरगंजबासी देखि सम्पुर्ण देशवासी नै खुशी भएका छन साथै माननीय ज्यु लाई सम्मानित गर्नु पछाडि यहि कारण रहेको एवम आगामी दिनमा अझ बढी जनउपयोगी कार्यहरु गर्दै जनता , प्रदेश र देशको सेवा गर्दै जानुस प्रेस युनियन पर्सा र जनताहरु तपाईंको साथमा छन भनी शुभकामना दिएका थिए ।
सो सम्मान कार्यक्रममा बिशिस्ट अतिथि बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, कन्हैया झा ,हुकुम सिंह , सन्तोष मिश्र , रितेश त्रिपाठीले माननीय मन्त्री शर्माले गर्नु भएको असाधारण एवम लोकप्रिय कार्यको प्रसंशा गर्दै उहाको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए भने कार्यक्रम को सहजीकरण प्रेस युनियन पर्साका सचिव किशोर सिंहले गर्नु भएको थियो ।