27.4 C
Birgunj
Homeसमाचारस्थानियमानव बेचबिखनमा संलग्न २ जाना व्यक्ति प्रहरी को नियन्त्रणमा ।

मानव बेचबिखनमा संलग्न २ जाना व्यक्ति प्रहरी को नियन्त्रणमा ।

 

बिरगंज १३ बुधबार

मानव बेचबिखनमा संलग्न २ जना व्यक्ति लाई आज पर्सा प्रहरीले नियन्त्रण मा लिएको छ ।
झापा जिल्लाबाट एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सालाई मानवा बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुदा जिल्ला प्रहरी कार्यालयबाट पर्सा बाट १२ गते मंगलबार को दिन खटिएको टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी पीडित बालिका तथा युवतीको उद्धार गरी उनीहरु सित सोधपुछ गर्दा उनिहरुलाई केही व्यक्तिहरूले निजहरूलाई विश्वासमा पारी “पर्साको बीरगञ्ज शहरमा पुर्‍याई अर्केष्ट्रामा आकर्षक तलब दिलाई सिने भनी काम लगाइदिने प्रलोभन देखाई बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भनी झुक्याएर भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा लगी उनिहरुले बोकेको मोबाइल फोन खोसी एउटा कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको सूचना पाउन साथ उनिहरूलाई झुक्याएर बेचबिखन गर्ने
जिल्ला झापा विर्तामोड न.पा.वडा नम्बर ९ को २० बषीय लक्ष्मी दास र जिल्ला सुनसरी इटहरी उ.म.न.पा.वडा नम्बर १२ घर भएकी १९ बर्शिय खुश्बु विश्वकर्मा लाई बिरगंज महानगरपलिका १६ इनर्वास्थित नेपाल-भारत सीमानाबाट २ जनालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट १३ गते ७ (सात) दिनको म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अन्य तीन जना फरार व्यक्तिको तदारुकताका साथ खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता तथा  प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here