11.4 C
Birgunj
Homeसमाचारप्रदेशसमाजिक अभियन्ता कञ्चन झा राजनीतिमा, कांग्रेसबाट जोडिएर जनताको सेवा गर्ने उद्घोष

समाजिक अभियन्ता कञ्चन झा राजनीतिमा, कांग्रेसबाट जोडिएर जनताको सेवा गर्ने उद्घोष

बिरगंज ७ साउन
वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गर्नुभएको छ । झाले कुनै तामझाम नगरि मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गर्नु भएको हो । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेटको भिडिओमार्फत झाले आफू कांग्रेसमा आवद्ध भएको प्रष्ट्याएका छन् ।
वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगञ्जलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईराख्नु भएको छ । सामुदायिक संस्था सानो पाइलाको संस्थापक समेत रहेका झा समाजिक विकृति विरुद्ध खर्रो रुपमा उत्रेका थिए । सोहि कारण समुदाय स्तरमा पनि उनको राम्रो प्रभाव छ ।
सामुदायिक हित र उत्थानका लागि लागिपरेका झा यसअघि कुनै पनि पार्टीमा खुलेका थिएनन् । वीरगञ्ज महानगरलाई सम्बोधन गर्दै झाले भिडिओमार्फत भनेका छन्, ‘हामीबीचको विश्वासलाई उपलब्धिपूर्ण उँचाइमा पु¥याउन जननायक वीपी कोइराला स्मृति दिवसको विशेष दिनमा नेपाली कांग्रेस मार्फत नयाँ यात्रा थालनी गरेको छु ।’ यो भिडिओ हेर्दा झा वीरगञ्जलाई नै आधार बनाएर राजनीतिमा अघि बढ्न चाहेको बुझिन्छ ।
भिडिओमा झाले वीरगञ्जको सौन्दर्य, सम्भावना, समस्या र समाधान तथा समुदाय सहभागितालाई खास जोड दिएका छन् । शारांसमा, वीरगञ्जवासीसँगै सामूहिक पाइला चाल्ने र भोजपुरीया नगरी वीरगञ्जलाई खुसहाल सहर बनाउने झाको अन्तरनिहित चाहना भिडिओमा व्यक्त गरिएको छ ।
वीरगञ्ज महानगरमा केन्द्रीत रहेर सामुदायिक सशक्तिकरण अभियानको अगुवाई गरिरहेका झा वीरगञ्जवासीका समस्या र चाहनाबारे जानकार छन् । कुलतमा फसेका युवा, बेचबिखनमा परेका चेलिबेटि, भूकम्प पिडित, अभिभावकविहीन बालबालिका संरक्षण, कोभिड, बाढी पिडितलगायतका प्राकृतिक विपद्मा तथा अप्ठेरोमा परेको समुदायसम्म तत्कालै पुगेर समस्या सम्बोधन गर्न सक्ने खुबीले झा, अरूहरूलाई चाँडो प्रभाव जमाउन सकेका छन् । वीरगञ्जका युवाहरूमा समेत पनि उनको राम्रो प्रभाव छ ।
१५ वर्ष लामो समाजसेवाको यात्रामा झाले सञ्चारकर्मलाई पनि प्रमुख माध्यम बनाउँदै आएका छन् । अलजजीरा, सीजीटीएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुभव बटुलेका झाले काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरूमा समसामयिक विषयहरूमा स्तम्भ लेख्दै आएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here