बिरगंज , असार १३ गते आइतबार ।
बिरगंज महानगरपालिका वडा नं. १० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन्न भएको छ। वडा न.१० का वडा अध्यक्ष रामनगीना प्रसाद कानुको सभापतित्वमा र बिरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभालाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगीले वडा नं १० पुर्ण रुपमा बालबालिकालाइ खोप लागि सकेकोले अब खोप सम्बन्धि रोग बालबालिकामा नलाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो।
सो पुर्ण वडा खोप घोषणा कार्यक्रममा बिरगंज महानगर पालिकाका स्वास्थ्य प्रशासन शाखा प्रमुख अरुण कुमार महतो , खोप अधिकृत अनिल कुमार सिंह, रितेश जैसवाल, कार्यपालिका सदस्यहरु सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा, वडा सचिव रुपनारायण मिश्र, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्द साह कानु , वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूहका अध्यक्ष श्रीमति, रुपा देबी श्रेष्ठ , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष ललनलाल गुप्ता , घडीअर्वा छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानु , समाजसेवी हिरालाल साह , हरि प्रसाद सरार्फ , सन्चारकर्मी क्रान्ति साह , धिरज दारुका , राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।
सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानुले पुर्ण खोप वडा घोषणाको लागि नगर प्रमुख बिजय सरावगीले सहयोग गर्नु भएकोमा नगर प्रमुख बिजय सरावगीलाई वडा अध्यक्ष रामनगिना प्रसाद कानुले सम्मान समेत गर्नुभएको थियो।