14.6 C
Birgunj
Homeसमाचारस्थानियभवन निर्माणकोलागि  बिरगंज महानगरपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी पर्सालाई जग्गा प्रदान ।

भवन निर्माणकोलागि  बिरगंज महानगरपालिकाद्वारा नेपाल रेडक्रस सोसाइटी पर्सालाई जग्गा प्रदान ।

अजित कुमार भुजेल

बिरगंज , असार ०३ गते बिहीबार ।

बिरगंज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन बनाउनका लागि नेपाल रेडक्रस पर्सालाई जग्गा प्रदान गरेको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज वडा न.३ स्थित मालपोत कार्यालय अगाडिको कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई रक्तसञ्चार केन्द्र बनाउन आज बिरगंज महानगरका प्रशासकिय अधिकृत प्रदिप निरौला र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बिरेन्द्र राज कडेल बिचमा जग्गा सम्झौतामा हस्ताक्षर भै हस्तान्तरण भएको छ । सो जग्गा हस्तान्तरण कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर बिजय कुमार सरावगी एवम नेपाल रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्थ यादव लगायतको उपस्थित रहेको थियो ।
सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै आर्थिक स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तल्ला पुरै सार्वजनिक पार्किङका लागि सशुल्क ब्यवस्थापन गर्नुपर्ने , पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, रक्तसञ्चार केन्द्रको व्यवस्थापन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, भवनको रक्तसञ्चार केन्द्र बाहेक अन्य प्रायोजनमा प्रयोग गर्न नपाउने, रक्तसञ्चार केन्द्र भवनको प्रायोजन समाप्त भएमा वा अन्य कहि कतै सारिएमा भवन र जग्गा स्वतः महानगरको स्वामित्वमा हस्तान्तरण हुने उल्लेख छ ।
बिरगंज लगायत पर्सा बारा रौतहट मकवानपुर चितवन लगायत प्रदेश २ र देशैभरिका बिरामीलाई आवश्यक पर्ने रगतको सकलन र बितरण गर्दै सेवा उपलब्ध गराउदै आएको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र पुरानो साघुरो भएको , नारायणी अस्पताल बिस्तार गर्दा जग्गाको कमि हुने भएको एवम मेनरोड २५ मिटर टुटने भएकोले बिगत को समयदेखी नै रेडक्रस पर्साले स्थानिय तहलाई अनुरोध गर्दै आएको थियो र सो अनुरुप सार्वजनिक हितको लागि बिमनपाले जग्गा उपलब्ध गराएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here