वीरगञ्ज, १९ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र-बाबुराम निकट समूहले पर्साको विभिन्न स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । बिभिन्न किसिमका का नारा लगाउँदै राष्ट्रपति मुर्दाबाद र प्रधानमन्त्री मुर्दाबाद भन्दै संसद् विघटन र निर्वाचन घोषणा उपेन्द्र-बाबुराम निकट नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुत्ला जलाएका हुन् । यादवले पार्टीको प्रदेश समितिको जेठ १३ र १४ गते बसेको बैठक अनुसार संसद् विघटन र निर्वाचन घोषणा विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमहरु सुरु गरिएको बताए ।
सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बाईपास रोडमा राष्ट्रपति विधा देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली को पुतला जलएका हुन। सो कार्यक्रममा नगर अध्यक्ष ईश्वर चन्द्र यादव ,शेख रुस्तम उपाध्यक्ष , वडा अध्यक्ष तुफान अंसारि , युवा नेता नुरआलम अंसारि , समाजवादी युवा संघ का युवा अध्यक्ष गौरभ वर्मा , वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे , सचिव मन्टु गिरी लगायतका पार्टी का नेता कार्यकर्ता को सहभागिता रहेको वीरगञ्ज महानगर अध्यक्ष इश्वरचन्द्र यादवले बताए।