23.6 C
Birgunj
Homeसमाचारप्रदेशश्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमको बिच...

श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।

बिनोद पटेल
वीरगंज , २९ चैत ।
नेपाल पत्रकार महासंघमा प्रतिगमन विरुद्धको लोततान्त्रिक, व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट  निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।

रेडियो वीरगंज एवम् टिभि वीरगंजका अध्यक्ष ध्रुव साहको आयोजनामा वीरगंजस्थित होटल मकालुमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित दिपेन्द्र चौहान, एशोशिएट सदस्यमा निर्वाचित संतोष मिश्रा, प्रदेश परिषद सदस्यमा निर्वाचित रामनारायण कुर्मी, कृष्ण कुमार खनाल र महासंघ पर्सा शाखाको कार्य समिति सदस्यमा निर्वाचित अजय चौरसिया, नरेश सर्राफ, अमित अग्रवाललाई सम्मान गरिएको हो ।

प्रेस युनियन, प्रेस संगठन लगायतको ११ संगठनहरुको संयुक्त प्यानलबाट महासंघको केन्द्रिय सचिवमा युनियनको कोटामा वीरगंजका पत्रकार दिपेन्द्र चौहान उम्मेदवार भएका थिए ।

यस्तै, प्रेस युनियन, प्रेस संगठन, प्रेस मंच र मधेशी पत्रकार समाजको संयुक्त प्यानलबाट महासंघ पर्सा शाखाको सदस्यमा उम्मेदवार भएका अजय चौरसिया, नरेश सर्राफ र अमित अग्रवाल चैत २५ गते सम्पन्न निर्वाचनमा विजयी भएको थियो ।

यस्तै सोही प्यानलबाट प्रदेश परिषद सदस्यमा उम्मेदवार भएका प्रेस युनियन पर्साका अध्यक्ष समेत रहेका रामनारायण कुर्मी र कृष्ण कुमार खनाल विजयी भएका थिए ।

अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठनका नेता गोबिन्द देवकोटा, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश २ का सह संयोजक राघव साह, केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवान, मधेशी पत्रकार समाजका केन्द्रिय सदस्य अनिल तिवारी, प्रेस मंच न मधेशी पत्रकार समाजका प्रदेश नं.२ का संयोजक मनोज कुमार मिश्र, प्रेस मंच पर्साका अध्यक्ष आर.के. पटेल, संयुक्त प्यानलबाट महासंघ पर्सा शाखाको अध्यक्षमा उम्मेदवार भएका रितेश त्रिपाठी, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्याम गुप्ता लगायतकाले प्यानलबाट बिजयी भएका उम्मेदवारहरुलाई गमछा ओढाएर फुलको माला र अबिरको टिका लगाएर सम्मान गरेका थिए भने कार्यक्रमको सहजिकरण प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले गरेका थिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here