धनुषा , फागुन २४ गते सोमबार ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा को निमित कार्यालय प्रमुख जित बहादुर भंडारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा, खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनुषा, प्रहरी चौकी लालगढ धनुषाको प्रतिनिधि सहित लालगढ बजार अनुगमन गर्दा देहायका होटेल/ फर्म लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐन को दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको छ ।
सृजना होटेल एण्ड मंगेश गेष्ट हाउस, मिथिला न.पा. वडा न. १० लालगढ धनुषाले मूल्य सूची नराखेकोले रु. ५० हजार जरिवाना गरेको थियो भने दिदी भेना होटेल,
मिथिला न. पा. १० लालगढ धनुषाले मूल्य सूची नराखेकोले रु. ५० हजार , हाइवे होटेल, मिथिला न. पा. १० लालगढ धनुषाले अनुगमन कार्यमा असहयोग गरेकोले रु. २० हजार , रिया कोल्ड स्टोर्स, मिथिला न. पा. १० लालगढले खरिद बिल नदेखाएकोले रु. ५० हजार , होटेल ग्रीन हाउस ( चन्द्र होटेल) , मिथिला न. पा. १० लालगढ धनुषाले मूल्य सूची नराखेकोले रु. ५० हजार, लालगढ थाकली भान्सा घर (थकाली कोल्ड स्टोर्स) ले इजाजत नलिई कारोबार गरेकोले रु. ५० हजार गरि जम्मा २ लाख ७० हजार तत्काल जरिवाना गरिएको हो उत्त रकम ७ (सात) दिन भित्र राष्ट्रीय वाणिज्य बैंकमा दाखिला गरी भौचर पेश गर्न निर्देशन दिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनुभयो ।