बिनोद पटेल
वीरगंज २२ फागुन, सनिवार
युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत शनिबार वीरगंज महानगरपालिका वडा नं. ३२ मा युवा जागरण कमिटी गठन भएको छ ।
परसवामा भएको युवाहरुको भेलाले २१ सदस्यीय युवा जागरण कमिटी गठन भएको छ । स्थानिय युवा मुना पटेलको संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा गोविन्द दास थारु र अशोक दास, सदस्यहरुमा रामबिनय साह सोनार, प्रमोद चौधरी, सरोज गुरो, अजय राउत कुर्मी, मुना दास थारु, युवराज दास थारु, दिपक दास थारु, राजिन्द्र धामी चौधरी, बासदेव यादव, दिपेन्द्र चौधरी, दिपेश दास थारु, सन्तोष दास थारु, देव चौधरी, राजुदास थारु, श्याम बहादुर दास थारु, नागेन्द्र धामी र अर्जुन दास थारु रहनु भएको छ ।
स्थानिय युवा मुना पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले समाजमा रहेका विभिन्न किसिमका विकृति, विसंगती र कुरितिहरुको विरुद्धमा युवाहरुलाई एकजुट भएर अभियान चलाउनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा अभियानका सह–संयोजक संगित पाण्डेले अभियानको उदेश्य, प्रभावकारीता र आगामी कार्ययोजनाको बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन, युवा जागरण अभियानका सदस्यहरु करण पटेल, अहमद अफरोज र मनोज प्रसाद कुर्मी लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।