12.5 C
Birgunj
Homeसमाचारप्रदेशनेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा बाराको गढीमाईको दर्शन...

नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा बाराको गढीमाईको दर्शन ।

बिनोद पटेल

बारा, फागुन २१ गते शुक्रबार ।

नेपाली कांग्रेसका पुर्व उपप्रधानमंत्री तथा पूर्व महामंत्री प्रकाशमान सिंह बारा जिल्लाको प्रसिद्ध गढिमाइको आज दर्शन गर्नुभएको छ।
आजै सिमारा एयरपोर्टमा अवतरण गरि गढिमाइको दर्शन लगायत कार्यकर्तासंग भेट्घाट गरेका छन। भेट्घाट कार्यक्रम संचारकर्मीसंग कुरा गर्दै उनले नेकपाले जनताको मेन्डेट पाँच वर्षको पाएको तर सरकार चलाउन नसकेको बताएका छन। जनताले पाँच वर्षको मान्डेट दिएको तर चलाउन नसकि आफै किचलोमा फसेको बताएका छन।त्यस्तै उनले नेपाली कांग्रेसले पाँच वर्ष भए पनि महाअधिवेसन गराउन नसकेको बताएका छन। फरक प्रसङ्गमा उनले देउवा तथा रामचन्द्र पौडेल पछि आफू नेपाली कांग्रेसको सभापतिको उमेदवार भएको बताएका छन।
नेपालको राजनीतिमा प्रधानमन्त्री त्याग गर्ने दुर्लभ राजनीतिज्ञ हुन् गणेशमान सिंह। २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानले आफूलाई आएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएका थिए।उनै गणेशमानका छोरा प्रकाशमान सिंह यतिबेला कांग्रेस राजनीतिको केन्द्रमा छन् । कांग्रेसको केन्द्रीय उपसभापति, महामन्त्री भइसकेका सिंह पूर्व
उपप्रधानमन्त्री समेत हुन्। गत संसदीय निर्वाचनपछि संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सिंह कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी समेत हुन्।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि सम्भावित सत्ता समीकरणमा भावी प्रधानमन्त्रीका रुपमा सभापति देउवापछि सिंहकै नाम कांग्रेस वृत्तमा चर्चामा छ।
त्यसै गरि सिंहलाई स्वागत गर्न सिमरा बिमानस्थलमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रमुख सचेतक सोभाकर पराजुली , ने. का. बाराको पुर्व जिल्ला सभापति संविधान सभासदस्य लालबाबु सिंह , पुर्व सान्सद राम अयोध्या यादव , ने. का. बाराको नेता रामानन्द यादव , जिल्ला सचिब मनोज भाट , नेबि संघको पुर्व महामन्त्री कुन्दन राज काफ्ले , पुर्व सहमहामन्त्री राजेश रौनियार , गढीमाई न. पा. को मेयर उपन यादव , निजगढ न. पा. को मेयर सुरेश खनाल , ने. का. का नेता चन्द्रिका गुप्ता , नेबि सघ बाराको अध्यक्ष राकेश पान्डे , नेबि सघ बाराको प्रबीण पटेल , नेबि संघ पर्साको जिल्ला सचिव प्रभात सिंह , बिपि कोईराला युवा नेतुत्व मंचका जिल्ला अध्यक्ष हरिन्द्र यादव , ने. का. का युवा नेता सन्तोष गुप्ता , धिरज गुप्ता र युथ काङ्ग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here