बिरगंज , फागुन ११ गते मंगलवार ।
पर्सा प्रहरीले विभिन्न समयमा विभिन्न स्थानहरुबाट भन्सार छ्ली ल्याएका लत्ताकपडा , खाद्यान्न र हार्डवेयर लगायतका मालबस्तु आज बिरगंज भन्सार बुझाएको छ ।
बिरगंज महानगर पालिका भित्र ईनर्वा गाउँ, छपकैया , भकुवा , सिर्सिया र नगवाबाट अबैध रुपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अन्दाजी मुल्य रु. २३,५७,७२०/- मुल्य बराबरको लत्ताकपडा , खाद्यान्न र हार्डवेयरका सामान पर्सा प्रहरीले बरामद गरि आजै बिरगंज भन्सार कार्यालय बुझाएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।