बिनोद पटेल ।
वीरगञ्ज, माघ २२ गते बिहिवार ।
वीरगञ्जमा मटुसम्बन्धी सम्पूर्ण रोगको उपचारको लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिकले आज बाट आफ्नो सेवा को शुरुवातगरेको छ ।
सो पोलिक्लिनिकको उद्घाटन पर्सा का प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रिबन काटी उद्घाटन गरेका थिए ।
बारा, पर्सा, रौतहट सम्म का मुटुसम्बन्धी समस्या भएकाहरु ले काठमाडौ न गैइ बिरगंज मै सहजै रुपमा उपचार गरिने लक्षय लिएर सेवा शुरू गरिएको पोक्लिनिकका सञ्चालक डाक्टर महेश्वर प्रसाद कुर्मी ले बताउनुभयो । बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञ डाक्टरहरुले सेवा दिने सञ्चालक डा. मधु गुप्ता ले जानकारी दिए ।
सो पोलिक्लिनिकमा मुटुसम्बन्धी सबै उपचार गरिने जस्तै , टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङलगायतका सेवाहरु दिइने भएकोे छ । पोलिक्लिनिकमा विशेषज्ञ डाक्टरहरु द्वारा मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगिहरुको उपचारको बेवास्ता मिलाईएको डा. गुप्ता ले जानकारी गराए ।
त्यस्तै सो पोलिक्लिनिकमा बाल तथा शिशु रोग विशेषज्ञहरुबाट नवजात शिशु तथा बाल रोगिहरुरको पनि उपचार गरिने डाक्टर गुप्ता ले बताए ।
विरामीहरुलाई सहजै रुपमा उपचारको लागि पोलिक्लिनिक भित्रै प्याथोलोजी ल्याव, तथा औषधी लिनेहरुको लागि फार्मेसीको पनि व्यवस्था गरिएको वाहाले बताए ।
बिरगंजमा हामी भन्दा पहिला धेरै पोलिक्लिनिकहरु खुलेका छन तर हामी ले बिरगंज मा एउटा छुट्टै पहिचानको लागि (वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक ) बाट उपचारहरुमा नयाँ प्रविधिको प्रयोग तथा विशेषज्ञतामा विशेष जोड दिइएको डाक्टर गुप्ता ले बताए ।
आउने दिनहरुमा वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूको टिमहरु बाट पनि बिरामीलाई सस्तो तथा काठमाडौ मा प्रदानगरिने सेवाहरुको पनि व्यवस्था मिलाउने समेत को योजना रहेको डाक्टर गुुुप्ता ले बताए ।