19.2 C
Birgunj
Homeसमाचारस्थानियदुर्घटना न्यूनीकरणका लागि गाडीहरू स्टिकर टास्ने एक हप्तेअभियान अन्तर्गत आज दोस्रो दिन...

दुर्घटना न्यूनीकरणका लागि गाडीहरू स्टिकर टास्ने एक हप्तेअभियान अन्तर्गत आज दोस्रो दिन आइतबारपनि निरन्तरता।

बिनोद पटेल
बिरगंज , माघ १८ गते आइतबार ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा तथा रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी स्टिकर टास्ने अभियानको आज दोस्रो दिन पनि बसपार्कमा रहेका ठुलोबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पुहरु को पछाडी टल्किने स्टिकर टास्ने कामलाई निरन्तरता दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतुत्वमा बिरगंज बसपार्कमा रहेको ठुला नाईटबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्कने स्टिकर टास्ने काम भएको थियो । सो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।
भोलि सोमबार बिहान बिरगंजको घन्टाघर चोकमा गाडीहरुमा स्टिकर टास्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।
ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सन्चारकर्मी अजित कुमार भुजेल , ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here