16.9 C
Birgunj
Homeसमाचारस्थानियसामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र राईजिङ्ग बिरगंज नेपाल-२...

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ र राईजिङ्ग बिरगंज नेपाल-२ को सन्युक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १ महिला सहित ५० जनाले गरे रक्तदान ।

अजित कुमार भुजेल , बिरगंज ।

बिरगंज , माघ १७ गते शनिबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्सा बिरगंज र राईजिङ्ग बिरगंज नेपाल -२ को सन्युक्त आयोजनामा तथा सानो पाईला बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिरगंज पर्साको सहयोगमा शनिबार स्वागत , सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम छपकैया प्रहरी बिट प्राङ्गणमा सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा १ महिला सहित ५० जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अनु माया आले , अजित कुमार भुजेल , प्रबिण बिक्रम शाह , राजकुमार तामाङ , डा. फिरोज अफजल, दिपेश शर्मा , आरजु खान , महमद युसुफ हुसेन , सन्दिप सरार्फ , बिशाल यादव , तबरेज आलम , महमद ईमामुल हक शेख जलसोदिन , समसाद अलि , शेख जुनेद , शेख मुन्ना , पशुराम प्रसाद पटेल , प्रबीण पटेल , महमद साउद , सुनिल प्रसाद कुर्मी , शेख अब्दुल मोताली, सजाद अन्सारि, जगत बहादुर बारेघरे , नाजिर आलम, अलि अनवर , आदिल खान कृष्ण बहादुर श्रेष्ठ , राजु प्रसाद मन्डल लगायतकाले रक्तदान गरेका थिए
सामुदायिक सेवा केन्द्र छपकैया-२ अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा पर्सामा नया आउनु भएको प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको स्वागत गर्नुका साथै सामुदायिक सेवा केन्द्र छपकैया-२ लाई सहयोग गर्नु हुने , योगदान दिने सघ- सस्था , सन्चारकर्मी ,समाजसेबि , सामाजिक अभियन्ता , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र प्रहरीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सो कार्यक्रमको बिशिस्ट अतिथि रक्त सन्चार सेवा समिति , बिरगंजका संयोजक मधु राणा , कर्णेल मदन जङ्ग राणा, पर्सा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन कार्की , नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई , वडा न.३ का वडा अध्यक्ष बैजु स्वणकार , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र छपकैया-२ का सस्थापक सदस्य सरोज खड्का , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलिप प्रधान, नारायणी आँखा अस्पतालका निर्देशक डा. पदम राज बिस्ट , एमिइएस सेकेन्डरि स्कुलका निर्देशक ईमामुदिन अहमद , नेकपाका पर्सा जिल्ला सदस्य ईमरान हुसेन , ग्वाला डेरिका प्रबन्धक मतलुब ठकुराई , वडा न.२ का महिला सदस्य नेशा खातुन , राईजिङ्ग बिरगंज नेपालका आरजु खान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक जीवन सुवेदी , ईनर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक पुर्ण प्रसाद दाहाल , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानियहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष प्रेमा सिंहले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सदस्य मो. अब्दुल कैशले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here