अजित कुमार भुजेल ।
बिरगंज , माघ १२ गते सोमबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल बिरगंजद्वारा पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेलाई स्वागत गरेको छ ।
सोमबार आफ्नै भवनको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुखको रुपमा नया आउनु भएका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई स्वागत गर्नुको साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु बीच परिचात्मक कार्यक्रम समेत गरिएको छ ।
सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको सभापतित्व र वडा न. ५ का वडा अध्यक्ष एवं सामुदायिक सेवा केन्द्रका संरक्षक प्रदिप कुमार चौरसियाको बिशिस्ट आतिथ्यमा र पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको प्रमुख आतिथ्यमा स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको थियो
स्वागत कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सियाराम नेपाली , श्रीमती सन्जु दाहाल , सल्लाहकार सुशील कुमार बर्णबाल , नेपाल पत्रकार महासघ पर्साका सचिब युवराज खड्का , प्रहरी नायब निरीक्षक गौरी शन्कर साह , सन्चारकर्मी अखिलेस साह , पवन भुगेरिया , नरेन्द्र अग्रवाल , सदस्य मनोज कुमार साह , नन्द राउत , भागवत चौधरी , सम्झना मल्ल, भवानी पौडेल , राधा महर्जन , सावित्री भुनियार , ज्ञानमाया रायमाझी , महिला प्रहरी हवल्दार सुनिता बिक लगायतकाको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सियाराम नेपालीले गर्नु भएको थियो।
कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सल्लाहकार श्याम केसिले गर्नु भएको थियो ।