30 C
Birgunj
spot_img

ओलि सरकारद्वारा गरिएको सन्सद विघटन विरुद्ध नेपाली काङ्ग्रेस वडा न. २० द्वारा बिरोध रैली ।

 

बिनोद पटेल ।
बिरगंज माघ ८ गते बिहीबार ।

देशव्यापी रुपमा नेकपा केपि ओलि सरकारद्वारा सन्सद विघटनको बिरुद्धमा नेपालि काङ्ग्रेसले बिरोध गर्ने कार्यक्रम अन्तर्गत आज बिहीबार नेपाली काङ्ग्रेस बिरगंज वडा २० कार्यसमितिले संसद विघटनको असंबैधानिक कार्यको बिरोधमा बिरोध रैली एवम कोण सभाको आयोजना गरेको थियो ।
बुथ समितीका सभापती हरिसचंद्र यादव को सभापतित्वमा भएको सो बिरोध रैली वाडा हरपतगंज बाट सुरु भै हरपतगंज पुरै टोला अपौनि परिक्रमा गरी पुनः हरपतगंजमा पुगी कोण सभामा परिणित भएको थियोे ।
सभापति हरिसचंद्र यादव ले यो असंबैधानिक ओलि सरकारको बिरुद्धमा नेपाली काङ्ग्रेस र जनता सडकमा आइसकेकोले यो सरकारको दिन औलामा गन्ती गर्ने समय आइसकेको छ भनी खबरदारीसमेत गरेका थिए । ओलि सरकारले चालेको असंबैधानिक कदमको नेपाली काङ्ग्रेसद्वारा देशै भरीको ६७७६ वडास्तरिय कार्यक्रममा नेपाली कांग्रेस वडा इकाई समिति का बूथ सभापति हरिसचंद्र यादव, अरुण कुमार पूरी क्षेत्रिय कोशाध्यक्ष छेत्र नबर १, का नेता सुरेंद्र प्रसाद यादव, वडा सदस्य सुरेश प्रसाद कर्मी, दामोदर यादव, सबजान मियाँ, रज्जाक मियाँ, कृपा सिंह, युवा नेता धिरज कुमार गुप्ता लगायत ने. का. कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here