असोज,१९ बीरगंज नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेज कोरोना अस्पतालको लागि पी सी आर (PCR Molecular) ल्याब सञ्चालनमा ल्याएको छ।
कोरोना महामारी नियन्त्रणका लागि उक्त पी सी आर मेसिन नेशनल मेडिकल कलेजले खरिद गरि संचालनमा ल्याएको छ।
पीसी आर मेसिन को आज दिउँसो २ बजे पर्साको प्रमुख जिल्ला अधिकारी असमान तमांग , संस्त्र प्रहरीका प्रमुख र नेशनल मेडिकल कलेज का चैयर मैन जैनुदिन अंंसारी लगायतको संयुक्त रूपमा उद्दघाटन भएको छ।
कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन (WHO) को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालन मा ल्याए पछि हाल पी सी आर मेसिन पनि संचालनमा ल्याएको छ।
भोलि देखी पि.सि आर. मेसिन संचालनमा आउने र उक्त मेसिनमा परीक्षण गरिएको ३ घण्टा भित्र रिपोर्ट आउने सक्ने क्षमता रहेको मेडिकल प्रमुख डाक्टर जैनुदिन् अंसारी ले जनकारी दिए ।
बाहिर बाट आएर परीक्षण गराउँदा २००० हजार शुल्क तिर्नुपर्ने अनि परीक्षण गरेको रिपोर्ट मा कोरोना संक्रमित भयो भने त्यो बिरामीको जाच परीक्षण निःशुल्क गरिने र साथै बिरामीलाई बेड खाना पिन देखि पुरै औषधी समेत निःशुल्क गरिने नेशनल मेडिकल कलेज का प्रबंधक डाक्टर अंंसारीले बताउनु भयो।