बारा कलैया
बारा जिल्लाको कलैया–बिरगंज सडकखण्ड अन्तर्गत सिसहनियाँ चोक अगाडी गएराति मोटरसाइकललााई टाटा सुमोले ठोक्किँदा ३२ वर्षीय उपेन्द्र राउत कुर्मीको मृत्यु भएको छ।बा ५८ प ४०५३ लाई ना १ ज १९९१ नम्बरको टाटा सुमो एक आपसमा ठोकिएको थियो ।
बाराको कलैया–२३, बैरापुर निवासी हरदेव राउत कुर्मीका छोरा हुन्। उनको उपचार नौत ५ बारा मा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा भइरहेको थियो ।
घटना राति करिब ९:३० बजे कोइरियाटोल र सिसहनियाँ बीचमा भएको हो। दुर्घटनापछि सुमो चालक फरार भएको छ। भने गाडीलाई जिल्ला प्रहरी कार्यालय कलैयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बारा ले जनाएको छ।

