27.2 C
Birgunj
Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026
spot_img

कीर्तिपुरमा रहस्यमय घटना : कारभित्र आगलागी, एक पुरुष मृत फेला

काठमाडौं,०५ साउन । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा पार्किङका लागि रोकिएको कारमा आगलागी हुँदा चालक सिटमै जलेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार बिहान १०:४६ बजे बा ५ च ३०३८ नम्बरको सेतो कार चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङका लागि पुगेको थियो।

पार्किङ गरेको केही समयपछि कारभित्रैबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार कार पार्किङमा पुगेपछि चालक बाहिर ननिस्किई कारभित्रै रहेका बेला आगलागी भएको देखिएको छ।

आगलागीको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले कारको चालक सिटमै पूर्ण रूपमा जलेको अवस्थामा एक पुरुषको शव फेला पारेको थियो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। कारमा आगलागी हुनुको कारणबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here