25.1 C
Birgunj
Date
बिहि, कार्तिक २०, २०८३
Thu, November 5, 2026
spot_img

आईजीपी हेरफेरबारे सरकारसँग जवाफ माग्दै रवि, ‘औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै’

काठमाडौं,१९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।

चितवन पुगेका लामिछानेलाई सञ्चारकर्मीले सरकारले आईजीपी परिवर्तन गर्ने निर्णय गरेको विषयमा प्रश्न गरेका थिए। जवाफमा उनले आफ्नो पार्टी सरकारका हरेक निर्णयमा होमा हो मिलाउने निकाय नभएको स्पष्ट पार्दै निर्णयको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै रहेको बताएका हुन्। सरकारले आफ्नो कामकारबाहीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर विभिन्न कदम चाल्न सक्ने भए पनि त्यस्ता निर्णय किन र के आधारमा लिइए भन्ने कुरा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘पार्टी असन्तुष्ट होइन । कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला,’ उनले भने। लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित नेतृत्व परिवर्तन संवेदनशील विषय भएको उल्लेख गर्दै सरकारले उपयुक्त समयमा त्यसको कारण र औचित्य स्पष्ट पार्ने विश्वास व्यक्त गरे।

सरकारका निर्णयमाथि प्रश्न उठाउनु, आवश्यक स्पष्टता माग्नु तथा निर्णय र कामकारबाहीको निगरानी गर्नु राजनीतिक दलको जिम्मेवारी भएको पनि उनले बताए। सरकारका सबै निर्णयलाई पार्टीले स्वतः समर्थन गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन । पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन । सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ,’ लामिछानेले भने।

उनले नेपाल प्रहरीको नेतृत्व परिवर्तनका विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिने पनि स्पष्ट पारे। आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारीमध्ये कसलाई परिवर्तन गर्ने भन्ने विषय सरकारको कार्यक्षेत्रभित्र पर्ने उनको भनाइ थियो। लामिछानेको अभिव्यक्तिले आईजीपी परिवर्तनसम्बन्धी सरकारको निर्णयमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगर्ने तर आवश्यक परे निर्णयको औचित्य र आधारबारे प्रश्न उठाउने तथा स्पष्टता माग्ने धारणा सार्वजनिक गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here