30.1 C
Birgunj
Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
spot_img

लेखापरीक्षण सेवामा पनि बढुवा, चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षक

काठमाडौं,२१ असोज । सरकारले दुईजना सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ। त्यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ कार्यरत एक नायब महालेखापरीक्षकलाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती तथा लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए। सरकारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव नविनराज सिंह र नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव चक्र बुढालाई सचिव पदमा बढुवा गरिएको हो।

त्यस्तै, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ। रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवाका लागि सम्बन्धित बढुवा समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै सिंह र बुढाले निजामती सेवाको विशिष्ट श्रेणीअन्तर्गत सचिवको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ भने भण्डारी उपमहालेखापरीक्षक पदमा बढुवा भएका छन्।नवपदस्थापित सचिवहरूको पदस्थापन भने तत्कालै नभई सम्बन्धित मन्त्रालय तथा निकायमा पछि गरिने जनाइएको छ। पदस्थापनपछि उनीहरूले तोकिएको मन्त्रालय वा निकायमा सचिवका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

सरकारले निजामती सेवा र लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदलाई पूर्ति गर्दै प्रशासनिक तथा लेखापरीक्षण संरचनालाई पूर्णता दिने क्रममा बढुवासम्बन्धी निर्णय गरेको हो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here