26 C
Birgunj
Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
spot_img

२६९ अंकसहित प्याब्सन राइम्स फेस्टिभलमा विद्या सदन प्रथम

वीरगंज,१८ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा सम्पन्न ‘प्याब्सन राइम्स फेस्टिभल’मा विद्या सदन स्कुल प्रथम भएको छ।

वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित प्रतियोगितामा २६९ अंक प्राप्त गर्दै विद्या सदनले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा मूनलाइट स्कुलले २४१ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्दा लिटल फ्लावर स्कुल २२६.५ अंकसहित तेस्रो भएको छ। त्यस्तै, रोयल एकेडेमीले २२०.५ अंकसहित चौथो तथा ज्ञानदा एकेडेमीले २१८.५ अंक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेका छन्। उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो।

विद्यार्थीमा रहेको नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकाससँगै सामाजिक र शैक्षिक विषयप्रतिको बुझाइ उजागर गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। फेस्टिभलमा विद्यार्थीहरूले राइम्स तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत शिक्षा, शान्ति, मानवता, जंक फुड तथा स्वस्थ खानपानलगायतका सामाजिक विषयलाई प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुति मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक चेतना, शिक्षा र स्वस्थ जीवनशैलीसँग जोडिएका सन्देश प्रवाह गर्ने माध्यम बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साका अध्यक्ष मोती भट्टराईले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास र सिर्जनशीलताको विकास गर्नुका साथै सामाजिक विषयप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, गोपाल साह, गुरुकुलका प्रधानाध्यापक तेजिन्द्र कौर, रोयल एकेडेमी स्कुलका प्रधानाध्यापक विजया ओझैया, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेशकुमार साह, पत्रकार जगत राई, प्याब्सन पर्साका सचिव अशोक संग्रौला तथा मिडिया संयोजक दिपु वर्णवाललगायतको उपस्थिति थियो।

कार्यक्रमको संयोजन प्याब्सन महानगर सदस्य विजयकुमार बलले गर्नुभएको थियो भने सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा रानी खरेल, पिंकी जोशी र द्विवेश गुप्ता रहनुभएको थियो। फेस्टिभलमा विद्यार्थीहरूले प्रस्तुत गरेका राइम्स, नृत्य तथा सिर्जनात्मक प्रस्तुतिले उनीहरूको प्रतिभा र प्रस्तुति क्षमतालाई उजागर गरेको थियो। साथै, शिक्षा, शान्ति, मानवता, स्वस्थ खानपानलगायतका विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै विद्यार्थीहरूले सामाजिक सन्देशसमेत प्रवाह गरेका थिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here