23.2 C
Birgunj
Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026
spot_img

लगातारको वर्षापछि घाँसीकुवामा पहिरो, राजमार्ग अवरुद्ध

काठमाडौं,०९ असोज । तनहुँको घाँसीकुवा खण्डमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब साढे ६ बजे लगातारको वर्षापछि लेदोसहितको पहिरो खस्दा राजमार्गको दुवैतर्फको यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले जानकारी दिए ।

पहिरोमा डुम्रेतर्फ जाँदै गरेको एउटा मोटरसाइकलसमेत पुरिएको थियो । इन्स्पेक्टर अमृत लामिछानेको नेतृत्वमा खटिएको १५ जनाको प्रहरी टोलीले पहिरोमा पुरिएको ग १३ प ३५६४ नम्बरको मोटरसाइकल बाहिर निकालेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको डीएसपी घिमिरेले बताए । लगातारको वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले उक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here