23.1 C
Birgunj
Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
spot_img

महाकाली नदीको टापुबाट गाई तार्ने क्रममा पुरुष बेपत्ता

धनगढी,२९ भदौ । कञ्चनपुरको महाकाली नदीमा गाई तार्ने क्रममा एक जना पुरुष बगेर बेपत्ता भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाई सोमबार बिहान महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहान करिब साढे ९ बजेतिर वडा नम्बर ४ स्थित महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीमा बगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले गाई तार्ने क्रममा नदीमा बगेका दमाईको अवस्था हालसम्म अज्ञात रहेको जानकारी दिनुभयो ।

घटनालगत्तै दमाईको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीको टोलीले महाकाली नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव तथा भौगोलिक अवस्थाका कारण खोजी कार्यमा चुनौती देखिएको भए पनि बेपत्ता दमाईको अवस्था पत्ता लगाउन सुरक्षाकर्मीले निरन्तर प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here