28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

बाढीपीडितका लागि ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज,१६ भदौ । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ठोरी गाउँपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले बाढीपीडितका लागि ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार राहतका लागि उपलब्ध गराइने रकममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा भत्ताबापतको रकमसमेत समावेश हुनेछ। जनप्रतिनिधिहरूले आफ्नो एक महिनाको तलब तथा भत्ता बराबरको रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका हुन्।

त्यसैगरी गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको सहयोगसमेत जुटाएर कुल ११ लाख रुपैयाँ राहतका लागि उपलब्ध गराउने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए। ठोरी गाउँपालिकाले तत्काल राहतका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेसँगै आगामी दिनमा आवश्यक पर्ने थप सहयोगका लागि समेत स्रोत परिचालन गर्ने तयारी गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई आवश्यकता परेको अवस्थामा थप सहयोग जुटाउन गाउँपालिकाले विभिन्न माध्यमबाट स्रोत व्यवस्थापन गर्ने जनाएको हो।

गाउँपालिकाका अनुसार आवश्यकताका आधारमा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, सहयोग गर्न इच्छुक व्यक्ति तथा समुदायबाट समेत सहयोग संकलन गरिनेछ। बाढीपीडितको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै थप सहयोगका लागि स्रोत परिचालन गरिने गाउँपालिकाले जनाएको छ।

अध्यक्ष श्रेष्ठले विपद्को पीडा कुनै निश्चित भूगोल वा स्थानीय तहको सीमाभित्र मात्र सीमित नरहेको बताए। विपद्को पीडा भूगोल र स्थानीय तहको सीमाभन्दा माथिको साझा मानवीय सरोकार भएको उनको भनाइ छ। बाढीपीडित परिवारको दुःखमा ठोरी गाउँपालिका र सम्पूर्ण ठोरीवासीको ऐक्यबद्धता रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उपलब्ध स्रोतसाधनले भ्याएसम्म प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु मानवीय दायित्वसमेत भएकाले ठोरी गाउँपालिकाले आफ्नो तर्फबाट राहत तथा सहयोगका लागि पहल गरेको हो।

यस निर्णयसँगै ठोरी गाउँपालिकाले बाढीबाट प्रभावित परिवारको राहतमा स्थानीय तहको तर्फबाट सहयोगको हात बढाएको छ। गाउँपालिकाले तत्कालका लागि ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि आगामी दिनमा आवश्यकताका आधारमा थप स्रोत परिचालन गरी सहयोगलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here