28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

बाढी प्रभावितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

भदौ १६,
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
उद्योगले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न मंगलबार चेकमार्फत सहयोग गरेको हो। जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको आवश्यकता रहेको भन्दै जगदम्बाले मानवीय सहयोगलाई प्राथमिकता दिएको जनाएको छ।
यसैक्रममा जगदम्बा इन्टरप्राइजेजले बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका काममा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री सहुलियत दरमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनर्निर्माण अभियानमा केही भए पनि टेवा पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरेका छन्।
जगदम्बाले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै विपद्को समयमा निजी क्षेत्रबाट पनि निरन्तर सहकार्य आवश्यक रहेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here