28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

ट्रक लिएर रसुवा नाका पुगेका बारा निवासी श्रीनिवास महतो धानुक सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल

बारा कलैया भादौ १४

बिनोद पटेल । बाराको कलैया उपमहानगरपालिका बडा नम्बर १८  मंनगढवा टोल निवासी श्रीनिवास महतो धानुक सम्पर्कविहीन भएपछि उनका परिवारजन चिन्तित बनेका छन्।
पेशाले ट्रक चालक रहेका श्रीनिवास  भदौ १० गते ट्रक लिएर रसुवा नाकातर्फ गएको परिवारजनले जनाएको छ। रसुवा नाका पुगेपछि उनी परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएको बताका छन ।
उनको अवस्था र हालको स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले सम्बन्धित निकाय, यातायात व्यवसायी, ट्रक चालक तथा सर्वसाधारणसँग खोजी कार्यमा सहयोग गरिदिनहुन आग्रह गरेका छन।
परिवारका अनुसार श्रीनिवाससँग सम्पर्क स्थापित गर्न पटक–पटक प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन। लामो समयदेखि सम्पर्कमा नआएपछि परिवारले उनको खोजीका लागि सबै पक्षसँग सहयोगको अपिल गरेको हो।
            श्रीनिवास महतोको विवरण……
नाम: श्रीनिवास महतो धानुक
ठेगाना: कलैया उपमहानगरपालिका वाडा नम्बर १८, मंनगढवा टोल, बारा
बुबाको नाम: परमहंस महतो धानुक
पेशा: ट्रक चालक
सम्पर्कविहीन मिति: २०८३/०५/१०
अन्तिम जानकारी: ट्रक लिएर रसुवा नाकातर्फ गएको
श्रीनिवास महतो धानुकबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिले उनका बुबाको मोबाइल नम्बर ९८४५०१४७४३ वा ९७१४२६०६६५ मा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।
परिवारले श्रीनिवासको सकुशल खोजीका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here