28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

कक्षा १२ मा ए प्लस ल्याउने बीपीसीका ५० भन्दा बढी विद्यार्थी सम्मानित

वीरगंज,१० भदौ । वीरगंज पब्लिक कलेज (बीपीसी) ले कक्षा १२ को परीक्षामा ए प्लस ल्याई उत्कृष्ट नतिजा हासिल गरेका ५० जनाभन्दा बढी विद्यार्थीलाई सम्मान गरेको छ। कलेज परिसरमा आयोजित विशेष कार्यक्रम ‘युथ फिस्ट २.०’ अन्तर्गत उत्कृष्ट विद्यार्थीहरूलाई प्रशंसापत्र तथा सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको शैक्षिक उपलब्धिको उच्च प्रशंसा गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनका कारण प्राप्त भएको सफलताले कलेजको शैक्षिक वातावरणलाई थप उत्साहजनक र प्रेरणादायी बनाएको वक्ताहरूले बताएका थिए। साथै, यस्ता उपलब्धिले आगामी दिनमा अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।

‘युथ फिस्ट २.०’ केवल सम्मान कार्यक्रममा मात्र सीमित नभई विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक क्षमताको प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक तथा गायनजस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको आकर्षक प्रस्तुतिले सहभागी अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

त्यसैगरी, कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका खाना तथा घरेलु सामग्रीका स्टलसमेत सञ्चालन गरेका थिए। खानाका विविध परिकार तथा अन्य सामग्री राखिएका स्टलमा विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। स्टल व्यवस्थापनमार्फत विद्यार्थीहरूले उद्यमशीलता, व्यवस्थापन क्षमता तथा समूहमा काम गर्ने सीपसमेत प्रदर्शन गरेका थिए।

कार्यक्रम कलेजका चिफ विनय श्रेष्ठको प्रमुख आतिथ्य तथा सहप्रधानाध्यापक डा. अरविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका बासु कर्ण, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कलेजले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूमा रहेको प्रतिभा, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। कलेजका अनुसार, यस्ता गतिविधिले विद्यार्थीलाई पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउँदै समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here