28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ,०१ भदौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् १ः१५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकलाई छलफल तथा निर्णय प्रक्रियामा अघि बढाउने कार्यसूची रहेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा पेस गर्नेछिन्। यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उता, राष्ट्रियसभाको बैठकमा भने ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावमाथि छलफल हुने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्नेछिन्।

आजका दुवै सदनका बैठकमा विभिन्न विधेयकलाई अघि बढाउने कार्यसूची रहेकाले संसदीय विधायन प्रक्रियाका दृष्टिले बैठक महत्वपूर्ण हुने देखिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here