28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

भारतबाट अवैध रूपमा भित्र्याइएका ४ हजार ५ सय चल्ला नष्ट

वीरगंज,३० साउन । सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ४ हजार ५ सय वटा ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साअन्तर्गत बीओपी अमरपट्टीबाट परिचालित टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३, झौवागुठीबाट उक्त चल्ला नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा चल्ला नेपाल ल्याउँदै गरेका व्यक्तिहरूले सुरक्षाकर्मीको टोली देखेपछि चल्ला छाडेर फरार भएका थिए। त्यसक्रममा सुरक्षाकर्मीले ४५ कार्टुनमा राखिएका ४ हजार ५ सय वटा प्रतिबन्धित ब्रोइलर चल्ला बरामद गरेको थियो।

बरामद गरिएका चल्लाको अनुमानित मूल्य ३ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका चल्लालाई पशु क्वारेन्टाइनका प्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको रोहबरमा शनिबार दिउँसो नियमानुसार नष्ट गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here