28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

प्रदेश सभामा राजीनामाको घोषणा गरेको केही घण्टामै शाहले बुझाए राजीनामा

धनगढी,२८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि बिहीबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रदेश सभामा आफ्नो धारणा राखेपछि उनले साँझ प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत ३१ असारमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । सरकार सञ्चालनका लागि आवश्यक समर्थन गुमाएपछि शाहले संवैधानिक व्यवस्थाअनुसार ३० औँ दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । अब प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा बहुमत जुटाउन सक्ने दल वा दलहरूको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ । सोही सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री शाहको राजीनामासँगै अब सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठनका लागि दलहरूबीचको राजनीतिक समीकरण र दाबी प्रक्रियाले गति लिने भएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here