28.1 C
Birgunj
Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
spot_img

कुलेश्वरमा स्रोत नखुलेको लाखौं रकम बरामद, चार दिनको म्याद थप

वीरगंज,२७ साउन । हुण्डी कारोबारको आशंकामा प्रहरीले काठमाडौंको कुलेश्वरस्थित एक फलफूल पसल र डेरा कोठाबाट ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद गरेको छ। प्रहरीले रकमसहित पर्साका एक युवकलाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र साह तुराहा रहेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४, कुलेश्वर फलफूल मण्डीस्थित आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको रकमबाट हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा मंगलबार प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले फलफूल पसलमा छापा मारेको थियो।

खानतलासीका क्रममा तुराहा सञ्चालक रहेको फलफूल पसल तथा उनको डेरा कोठाबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३०० बरामद भएको हो। बरामद भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा ४ लाख ८६ हजार ८८० रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ।

यसरी नेपाली तथा भारतीय रुपैयाँको नेपाली मूल्य जोड्दा प्रहरीले कुल ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद गरेको हो। प्रहरीले बरामद भएको रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरेको छ। पक्राउ परेका तुराहालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरी वृत्त कालीमाटीका अनुसार तुराहाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको छ। अदालतबाट म्याद थप भएसँगै प्रहरीले बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here