28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा

वीरगञ्ज, २४ साउन ।
कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार रु. १ लाख र घाइतेहरूलाई प्रतिव्यक्ति रु. ११ हजारका दरले राहत रकम उपलब्ध गराउने घोषणा विश्व हिन्दू परिषद् नेपालले गरेको छ।
​घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई आजै प्रतिव्यक्ति रु. ११ हजारका दरले नगद सहयोग हस्तान्तरण गर्दै परिषद्का राष्ट्रिय सङ्गठन सचिव प्रहलाद रेग्मीले सो जानकारी दिनुभएको हो।
​अस्पतालमै पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सचिव रेग्मीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारको पीडामा मलम लगाउन र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले परिषद्को तर्फबाट यो राहत रकम उपलब्ध गराइएको बताउनुभयो। साथै, बाँकी मृतकका परिवार र घाइतेहरूलाई पनि छिटै तोकिएको राहत रकम हस्तान्तरण गरिने परिषद्ले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here