28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

साइबर अपराधको तथ्यांक: १६१ घटना अनुसन्धानमा, युवा नै बढी संलग्न

काठमाडौं,२२ साउन । पछिल्लो वर्ष विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी घटनामा प्रहरीको साइबर ब्यूरोमा उल्लेख्य संख्यामा जाहेरी दर्ता भएका छन्। साइबर ब्यूरोले गत वर्ष विद्युतीय अपराधसम्बन्धी १६१ वटा जाहेरी दर्ता गरी ती घटनामा अनुसन्धान सम्पन्न गर्दै प्रतिवेदन बुझाएको जनाएको छ। प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी घटनाको विश्लेषण गर्दा अपराधमा संलग्न हुने (पिडक) व्यक्तिहरूमा १९ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी देखिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार साइबर ब्यूरोमा दर्ता भएका जाहेरीको अध्ययन तथा विश्लेषण गर्दा अधिकांश विद्युतीय अपराधमा संलग्न व्यक्तिहरू युवा उमेर समूहका रहेको पाइएको हो। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी काफ्लेले साइबर अपराधबाट सबैभन्दा बढी प्रभावित हुने (पीडित) समूह भने २६ देखि ३५ वर्ष उमेर समूहका नागरिक रहेको जानकारी दिए।

उनका अनुसार पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका स्वरूपसमेत परिवर्तन हुँदै गएका छन्। सामाजिक सञ्जाल, डिजिटल माध्यम तथा विद्युतीय उपकरणको प्रयोग बढेसँगै यस्ता अपराधका घटनामा समेत वृद्धि देखिएको प्रहरीको भनाइ छ।

साइबर ब्यूरोले प्राप्त जाहेरीमाथि अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ। प्रहरीले विद्युतीय अपराध नियन्त्रणका लागि नागरिकलाई डिजिटल माध्यम प्रयोग गर्दा सचेत रहन तथा व्यक्तिगत विवरणको सुरक्षा गर्न आग्रह गर्दै आएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here