26 C
Birgunj
Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
spot_img

अमेरिकी निर्णयपछि घट्यो कच्चा तेलको मूल्य, ब्रेन्ट ८३.८५ डलरमा झर्‍यो

काठमाडौं,१८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आपूर्ति अवरोधको जोखिम केही कम भएको आकलनसँगै तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले घटेको हो।

रोयटर्सका अनुसार आइतबार राति ११ः५२ जीएमटीसम्म ब्रेन्ट कच्चा तेलको मूल्य ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा पुगेको थियो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.६६ डलरमा झरेको थियो।

यसअघि अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण सुरु गरेपछि र तेहरानका सेनाले ओमान आसपासका क्षेत्रमा रहेका कैयौँ तेलवाहक पानीजहाजमाथि आक्रमण गरेपछि गत महिना दुवै प्रकारका कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो। उक्त घटनाक्रमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो।

तर, ट्रम्पले इरानको पूर्वाधारमाथि प्रस्तावित आक्रमण रोक्ने निर्णय गरेपछि बजारमा तेल आपूर्तिमा हुन सक्ने अवरोधसम्बन्धी चिन्ता केही कम भएको छ। यही कारण लगानीकर्ताको प्रतिक्रिया स्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बताइएको छ।

इरानसँग जोडिएको भू–राजनीतिक तनावले पछिल्लो समय विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ। आगामी दिनमा पनि क्षेत्रीय घटनाक्रमले तेलको मूल्यमा उतारचढाव ल्याउन सक्ने विश्लेषण गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here