26 C
Birgunj
Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
spot_img

रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प

रोल्पा,१८ साउन । रोल्पाको परिवर्तन गाउँपालिका–६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

भूकम्पको धक्का रोल्पाका विभिन्न स्थानसँगै आसपासका क्षेत्रमा पनि महसुस भएको जनाइएको छ। स्थानीयवासीका अनुसार पश्चिम रुकुमको मुसिकोट तथा खलंगा क्षेत्रमा समेत भूकम्पको कम्पन महसुस भएको थियो। हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको जनाइएको छ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले बेला–बेलामा साना तथा मध्यम प्रकृतिका भूकम्पहरू जाने गरेका छन्। यस्ता घटनापछि सम्भावित परकम्प (आफ्टरसक) प्रति सतर्क रहन विज्ञहरूले सुझाव दिँदै आएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here