28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

पहिरोले रोकिएको मुग्लिन–नारायणगढ सडक साढे ४ घण्टापछि खुल्यो

काठमाडौं,१२ साउन । पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मंगलबार दिउँसो खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्ड पहिरो हटाएपछि सवारी आवागमनका लागि खुला गरिएको हो।

मुग्लिन नजिकै रहेको सडकखण्डअन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो करिब ३ बजेदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारी साधनको लामो लाइन लागेको थियो भने यात्रुहरू समेत समस्यामा परेका थिए। सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो हटाउने काम थालेको थियो। करिब साढे ४ घण्टाको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो।

तर, पहिरो हटाएर सवारी सञ्चालन भएको केही समयपछि पुनः सोही क्षेत्रमा पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको थियो। करिब दुई घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध बनेको हो। मुग्लिन–नारायणगढ सडकखण्डमा वर्षायाम तथा अन्य समयमा पनि पटक–पटक पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ। यसअघि पनि पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो।

सडक अवरुद्ध हुँदा यात्रु, यातायात व्यवसायी तथा अत्यावश्यक सेवाका सवारी साधनहरू प्रभावित हुने गरेका छन्। पहिरोको जोखिम रहेको क्षेत्रमा यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here