36.1 C
Birgunj
Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
spot_img

नेपालको संरचनालाई ध्यानमा राख्दै प्रत्यक्ष कार्यकारी प्रणाली अस्वीकार्य : भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सामाजिक संरचनालाई ध्यानमा राख्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली देशका लागि उपयुक्त नहुने बताएकी छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान संशोधनका क्रममा उठ्ने प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीसम्बन्धी प्रस्तावप्रति असहमति व्यक्त गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको विविध सामाजिक संरचनालाई व्यवस्थापन गर्न वर्तमान लोकतान्त्रिक प्रणाली नै उपयुक्त हुने धारणा राखिन्। उनले लोकतन्त्रमा जनताबाट आवधिक निर्वाचनमार्फत जनादेश प्राप्त गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु आवश्यक हुने बताइन्। उनका अनुसार यिनै अभ्यासले मात्र लोकतन्त्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here