33.6 C
Birgunj
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
spot_img

कारोबार बढ्यो तर बजार स्थिर, नेप्से १.६३ अंकले वृद्धि

काठमाडौं,०५ असार । सेयर बजार परिसूचक (नेप्से) शुक्रबार सामान्य वृद्धि भएको छ। आज नेप्से १.६३ अंकले बढ्दै २७०२ अंकमा कायम भएको हो। अघिल्लो कारोबार दिन बजार ५ अंकले घटेको थियो।

पछिल्ला केही दिनयता बजारमा ठूलो उतारचढाव नदेखिएको र सूचक अपेक्षाकृत स्थिर अवस्थामा रहेको देखिएको छ। आजको कारोबारमा नेप्से न्यूनतम २६९२ अंकदेखि अधिकतम २७११ अंकको सीमाभित्र सीमित रह्यो। कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल कारोबार वृद्धिसँगै बजारमा लगानीकर्ताको सक्रियता बढेको देखिएको छ।

आज ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्रमा सबै समूहगत सूचकहरूको उतारचढाव १ प्रतिशतभन्दा कम सीमाभित्र रहेको बजार विश्लेषणमा देखिएको छ। समूहगत सूचकमध्ये बैंकिङ समूह ०.०८ अंकले रातो रहेको छ। त्यस्तै विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३ र अन्य समूह ०.२९ प्रतिशतले घटेका छन्।

त्यसैगरी फाइनान्स समूह ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार समूह ०.७५ प्रतिशतले बढेका छन्। आज दुई नयाँ कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको हो। वृद्धि पछि सोपानको मूल्य प्रतिकित्ता १०६० रुपैयाँ र एपोलोको ९१६ रुपैयाँ पुगेको छ।

त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.०८ प्रतिशत, रिलायन्स फाइनान्सको ६.७२ प्रतिशत र गुराँस लघुवित्तको ४.५५ प्रतिशतले बढेको छ। यता बुंगल हाइड्रोपावरको मूल्य १२.४५ प्रतिशतले घटेको छ। आत्मनिर्भर लघुवित्तको १०.२१ प्रतिशत र सालपा विकास बैंकको ३.२८ प्रतिशतले मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर र बुंगल हाइड्रोपावर रहेका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here