31.6 C
Birgunj
Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026
spot_img

दुवै देशले सीमा अतिक्रमण गरेको प्रधानमन्त्री शाहको टिप्पणी

काठमाडौं,१७ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको केही भूभाग मिचेको हुनसक्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा दुवै देशबीच संवाद आवश्यक रहेको उल्लेख गर्दै सीमासम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखे। उनले भने, “तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ। भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ। हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं।”

तर उनले नेपालले भारतको कुन–कुन क्षेत्रमा जमिन मिचेको भन्नेबारे कुनै विवरण खुलाएनन्। प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयहरू आपसी संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि संसदभित्र तथा बाहिर विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। नेपाल–भारत सीमा विवाद लामो समयदेखि संवेदनशील विषयका रूपमा रहँदै आएको सन्दर्भमा उनको भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ।

नेपालका कुनै पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा नेपालले पनि भारतको भूभाग मिचेको हुनसक्ने अभिव्यक्ति दिएको यो सम्भवतः पहिलो घटना मानिएको छ। यस विषयमा सरकारको थप स्पष्ट धारणा आउनुपर्ने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here