31.6 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

वीरगंज–२७ मा जेन–जीको संगठन विस्तार, युवाहरू सक्रिय

वीरगंज,१४ जेष्ठ । वीरगंज महानगरपालिका वडा नं. २७ मा जेन–जीको ४० सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ । बिहीबार सम्पन्न कार्यक्रममा संगठन विस्तारसँगै नयाँ नेतृत्व चयन गरिएको हो । नवगठित कमिटीमा विशाल कुमार पटेललाई वडा इन्चार्ज तोकिएको छ भने विकास प्रसाद यादवको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा रुपेश प्रसाद यादव, सचिवमा राहुल पटेल, सह–सचिवमा अर्जुन प्रसाद यादव र कोषाध्यक्षमा सन्दिप पासवान चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा किसन पटेल, पपु पटेल, रोशन पटेल, विवेक यादव, आकाश बैठा, राजन पटेल, मनिष यादव, रवि यादवलगायत रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा इन्चार्ज विशाल कुमार पटेलले जेन–जीको सिद्धान्तअनुसार समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध युवाहरूलाई एकताबद्ध गर्दै परिवर्तनको अभियान अघि बढाइने बताएका छन् । उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वमा सक्रिय बनाउँदै स्थानीय तहमा सुधारका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, जेन–जी पर्सा वडा नं. २७ का अध्यक्षले आफ्नो वडामा भ्रष्टाचारविरुद्ध कडा रूपमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । कार्यक्रममा जेन–जी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार बिरेन्द्र कण्ठसहित स्थानीय युवाहरूको उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here