35.5 C
Birgunj
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img

सिरहामा लागूऔषध कारोबारमा संलग्न तीन जना प्रहरीको नियन्त्रणमा

सिरहा,२५ बैशाख । जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइनजस्तो पदार्थ तथा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार धनगढीमाई नगरपालिका–१ क्षेत्रमा प्रदेश २-०२-००१ प ३२१२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा लहान नगरपालिका–१३ निवासी ३५ वर्षीय देवकान्त चौधरीसहित अर्का एक जना रहेका छन् । 

जाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीबाट ३.६३ ग्राम खैरो हिरोइनजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

यसैगरी, गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चोक क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ मुसहरनिया निवासी २२ वर्षीय लोकसिंह राजपुतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनको साथबाट १० वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here