35.3 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

संघीय संसद् अधिवेशन आह्वानका लागि २८ गते प्रस्ताव अघि बढ्यो

काठमाडौं,२३ बैशाख । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो । यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर आह्वान भएकै भोलिपल्ट सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरे ।

अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ । सरकारले जारी गर्नका लागि पठाएकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए । उक्त अध्यादेश हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट पुन: सिफारिसका लागि पठाइएको थियो ।

आजै राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरिसकेका छन् । राष्ट्रपतिले अध्यादेश जारी गर्नासाथ मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशन आह्वान गरिएको हो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here